श्रीलङ्का / श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द […]
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए। मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।
काठमाडौं– पछिल्ला समय नेपालको राजपरिवारका सदस्य समाज सेवामा सक्रिय रहेका उदाहरणबीच विभिन्न राजनीतिक र धार्मिक परिदृश्यमा पनि खुल्न थालेका छन्। खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह यसरी खुलिरहेका छन्। उनले हालै मात्र विश्व रेकर्ड तोडेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए भने भक्तपुरमा भएको विशाल सभामा सहभागीता जनाएका थिए। पछिल्ला दिनमा विभिन्न ठाउँमा भइरहेका धार्मिक परिदृश्यबारे […]
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर आज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो । कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ । अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ । […]
कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूद्वारा सरकारको आलोचना अहिले चाडबाडका बेला कालोबजारी धमाधम बढ्दै बजारमा सामान भएर पनि लुकाउने चाडबाडका बेला सार्वजनिक सवारीसाधनले यात्रीलाई ठग्ने काठमाडौं ।। चाडपर्वलाई लक्षित गरेर कालोबजारी गरिँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी […]
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा […]
सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्नुपर्ने व्यवस्था संस्थामा रहेको सर्वसाधारणको तीन लाखसम्मको निक्षेपको मात्रै सुरक्षण हुने अब ५ लाखसम्मको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषसँग गराउनुपर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषले सर्वसाधारणलाई भुक्तानी गर्नुपर्ने काठमाडौं ।। नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्नुपर्ने व्यवस्था गरेको छ […]
वीरगन्ज : वीरगन्जमा आफ्नै घरमा एक महिलाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका-१ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो। प्रहरीका अनुसार, शुक्रबार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर घाइते अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ […]
सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको भनाई सरकारले हालै दिएको आममाफी त्रुटीपूर्ण र गलत रहेको दावी काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने बताउनुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले […]
भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु उपचारकै क्रममा बिहीबार बिहान मृत्यु हेलिकोप्टरमा त्रिवि शिक्षण अस्पताल पुर्याइयो मनाङ ।। हिमाली जिल्ला मनाङ आउने क्रममा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको […]
टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह छिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ। अध्यक्ष रीता थापा मगरले विज्ञप्ति […]
सर्वव्यापी भनाइ नै छ, ‘शिशुको लागि आमाको दूध अमृत समान हुन्छ ।’ अतः नवजात शिशुका लागि जब अन्य भोजन हुँदैन, आमाको दूध नै उनीहरुका लागि सम्पूर्ण आहार हुन्छ । तर सुत्केरी भइसकेपछि आमाको दूध आएन भने ? यससँगै अर्को कुरा पनि यहाँ जोडिन आइपुग्छ, स्तनपान गराउनु शिशुका लागि मात्र होइन आमाका लागि पनि लाभदायक हुन्छ […]