काठमाडौं । गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । शेर साउद निर्देशित भिडिओमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् । गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । भिडिओमा नवराज उप्रेतीको […]
सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अति संवेदनशील सीमा क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने कच्ची घर बर्सेनि वर्षायाममा डुबानमा पर्ने गरेकाे छ । तस्बिर : नवीन गड्ताैला, रासस
आमाबुबा बिहानै काम गर्न निस्किएपछि खाना नखाई विद्यालय आएका इनरुवा-८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ५ का छात्र आशिक सदा कार्यालयमा भुजाचिउरा खाँदै । खालीपेट विद्यालय आएका ११ वर्षीय सदा कक्षा चलिरहँदा आलसतालस भएपछि उनलाई कार्यालयमा ल्याएर वैकल्पिक खानाकाे व्यवस्था गरिएको हाे । प्रधानाध्यापक लावण्यमणि पाेखरेलका अनुसार सीमान्तकृत मुसहर समुदायका बालबालिकाकाे संख्या अधिक […]
थारु पाैराणिक हस्तकलाकाे सामग्री मौनी (ढाकी) बनाउँदै सुनसरीको रामधुनी नगरपालिकाकी रामवती चाैधरी । थारु महिलाकाे विशेष सीपकाे रुपमा लिइने हस्तकलाका विषयमा युवापुस्ताले चासाे नदिँदा लाेप हुने अवस्थामा पुगेकाे छ । तस्बिर : नवीन गड्तौला
अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन साेमबार सुनसरीको इनरुवामा सडककाे नाली सफा गर्दै श्रमिक । विश्वभरि श्रमिक दिवस मनाइँदै गर्दा यी श्रमिकलाई भने दिवसले छुन सकेन । तस्बिर : नवीन गड्तौला, रासस
चितवन । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिडेरै मतदाताहरु मतदान गरिरहनुभएको छ । ज्येष्ठनागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो […]
काठमाडौँ । मिटरब्याज पीडितले सरकारले मजुदर किसानमाथि अमानवीय व्यवहार गरेको बताएका छन्। मंगलबार मिटरब्याज पीडितले शान्तिवाटिकामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए। साथै उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्प्लेट पनि प्रदर्शन गरेका थिए। मिटरब्याज पीडितहरूको समस्या समाधानका […]
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य […]
भक्तपुर । धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्राको ८ औं दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमेरबाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर)बाट निकाली चोक तथा […]
काठमाडौँ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीको टोलीबीच झडप हुँदा दर्जनौँ मिटरब्याज पीडित घाइते भएका छन्। मिटरब्याज पीडितहरूको समूहलाई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो। प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि कुटपिट गरेकाे थियाे। झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेकाे थियो। प्रहरीले केही मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको […]
काठमाडौं । निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल ड्रामा फिल्मको कलाकार […]
काठमाडौं वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको ‘नाइँ नभन्नु ल ६’ प्रतीक्षित फिल्ममध्ये एक हो । ब्राण्ड भ्यालुले यो फिल्म दर्शकमाझ चर्चित छ । निर्देशक विकास आचार्यले पाँच वर्षपछि ल्याएको छैटौं सिक्वेलमा यसपटक बाल–युवा प्रेम तथा पारिवारिक सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । फिल्मबाट आशिर्वाद क्षेत्रीले अभिनय करिअरमा पाइला टेकेका छन् । फिल्ममा उनी आँचल […]