October 29, 2025 | बुधबार, कार्तिक १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

एमालेद्धारा सचिवालय बैठक आह्वान

एमालेद्धारा सचिवालय बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

  • २ years अगाडि
सुन काण्डको अनुसन्धानमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा

सुन काण्डको अनुसन्धानमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा

सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ ।इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो। सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिए। स्वास्थ्य समस्याका कारण नर्भिक […]

  • २ years अगाडि
महिला न्यायाधीशको तुलनात्मक रुपमा पुरुषको भन्दा राम्रो काम हुन्छ – मन्त्री गिरी

महिला न्यायाधीशको तुलनात्मक रुपमा पुरुषको भन्दा राम्रो काम हुन्छ – मन्त्री गिरी

पुरुष न्यायधीशहरुले सम्पादन गर्ने काम भन्दा तुलनात्मक रुपमा महिला न्यायधीसहरुले सम्पादन गर्ने काम विवादरहित हुने न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन्। उनले शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिला न्यायाधीशले हेरेका मुद्दा विवादरहित रहेको बताएका हुन् । कार्यक्रममा उनले भनेका छन् , ‘महिला न्यायाधीशहरूले गर्नुभएको […]

  • २ years अगाडि
माओवादी केन्द्रीय सदस्य रामकुमार शर्मा  द्वारा  पार्टी परित्याग

माओवादी केन्द्रीय सदस्य रामकुमार शर्मा द्वारा पार्टी परित्याग

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए । त्यसका लागि तराई मधेशका […]

  • २ years अगाडि
योजना आयोगमा चार सदस्य नियुक्त

योजना आयोगमा चार सदस्य नियुक्त

सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमाचूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय […]

  • २ years अगाडि
बाँसबारी प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

बाँसबारी प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

बाँसबारी छाला जुत्ताको १० रोपनी सरकारी जग्गा व्यक्तिगत बनाएको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद तथा व्यवसायी विनोद चौधरीसँग बयान लिएको छ। ब्युरोले बुधबार संसद् सचिवालयलाई चौधरीबारे अनुसन्धान गरिरहेको पत्र पठाएर बिहीबार बिहानै बयान लिएको हो। ब्यूरोले सरकारी जग्गा हिनामिना आरोपमा अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा […]

  • २ years अगाडि
एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री दीपक मनाङेलाई स्पष्टीकरण लिने भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गरेकाले हाम्रोतर्फबाट मन्त्री पनि बन्नुभयो। तर अहिले कुनै छलफल नै नगरी […]

  • २ years अगाडि
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। सर्वोच्च अदालत परिसरबाट सोमबार प्रहरीले प्रसाईंका सुरक्षामा खटिएका दुई जनालाई पक्राउ गरेको थियो। झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज […]

  • २ years अगाडि
दूधले नुहाएको पार्टी होइन –रवि लामिछाने

दूधले नुहाएको पार्टी होइन –रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने कांग्रेसले नैतिकता र र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्। मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कांग्रेसले ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने, संसदीय छानबिन समिति र राजीनामा नै माग्ने कार्यमाथि प्रश्न उठाएका हुन्। ‘देशमा अनियमितता गर्ने माथि अनुसन्धान गर्दा […]

  • २ years अगाडि
प्रधानमन्त्रीको जवाफप्रति चित्त बुझाएन कांग्रेसले, रविमाथि संसदीय छानबिन नभए संसद अवरुद्धलाइ निरन्तरता दिने

प्रधानमन्त्रीको जवाफप्रति चित्त बुझाएन कांग्रेसले, रविमाथि संसदीय छानबिन नभए संसद अवरुद्धलाइ निरन्तरता दिने

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउन नखोजेको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको हो। यदि संसदीय समिति गठन गरेर निष्पक्ष कारबाही नगरे सदन […]

  • २ years अगाडि
५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र नपाएका भुम्लुबासीको समस्या समाधान हुने

५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र नपाएका भुम्लुबासीको समस्या समाधान हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन्। प्रतिनिधिसभाका जवाफ दिँदै उनले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नम्बर ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी […]

  • २ years अगाडि
सहकारी प्रकरणमा रविमाथ अनुसन्धान गर्नु नपर्ने प्रहरीको भनाई रहेको प्रधानमन्त्रीको स्पष्टीकरण

सहकारी प्रकरणमा रविमाथ अनुसन्धान गर्नु नपर्ने प्रहरीको भनाई रहेको प्रधानमन्त्रीको स्पष्टीकरण

सहकारी प्रकरणमा प्रहरीको नै रविमाथि अनुसन्धानमा गर्नु नपर्ने भनाई रहेको स्पष्टीकरण दिएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो विषय उठाएपछि आफैंले खोजबिन गर्ने र सम्बन्धित सरकारी निकायका रिपोर्टहरु अध्ययन गर्ने कोसिस गरेको भन्दै उनले भनेका छन् , ‘हालसम्म अनुसन्धानले उहाँ […]

  • २ years अगाडि

लोकप्रिय