May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

राजनीति विशेष

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिएकारी दिएका छन् । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

  • २ महिना अगाडि
सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पदभार

सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पदभार

सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्ड श्यामलाल ज्ञवालीले सम्हालेका छन् । उनले आइतबार दिउँसो सीआईबी कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन । बिहानमात्र गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई बोलाएर भेटेका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईसाथ कार्यान्वयन […]

  • २ महिना अगाडि
उपनिर्वाचनका लागि इलाम–२ मा एमालेले सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

उपनिर्वाचनका लागि इलाम–२ मा एमालेले सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी […]

  • २ महिना अगाडि
नाउपाद्धारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थर्न निरन्त दिइने

नाउपाद्धारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थर्न निरन्त दिइने

नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बाकी बैठकमा सहभागी भएका […]

  • २ महिना अगाडि
अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता भने जरुर रहेको अर्थ मन्त्री पुनको उद्घोष

अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता भने जरुर रहेको अर्थ मन्त्री पुनको उद्घोष

अहिले नेपालको अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । तर अर्थतन्त्रमा शिथिलता भने जरुर रहेको उनको आशय रहेको छ । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताएका हुन्। विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका […]

  • २ महिना अगाडि
कृष्णबहादुर महरासहितलाई  कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

कृष्णबहादुर महरासहितलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् […]

  • २ महिना अगाडि
राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन […]

  • २ महिना अगाडि
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ […]

  • २ महिना अगाडि
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुको कार्यविभाजन, पार्टीले सञ्चालन गर्ने जागरण अभियान तथा समसामयिक राजनीतिक अवस्थामाथि छलफल भइरहेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसअघि हिजो बसेको बैठकमा नेताहरुले सत्ता साझेदार नेपाली कांग्रेसको कार्यशैलीको आलोचना गरेका थिए । […]

  • ३ महिना अगाडि
राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने स्थायी समिति सदस्यहरूको सुझाव

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने स्थायी समिति सदस्यहरूको सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका […]

  • ३ महिना अगाडि
भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले निर्णय गर्नु उपयुक्त होइन : देउवा

भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले निर्णय गर्नु उपयुक्त होइन : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै निर्णय गरिहाल्न उपयुक्त नभएको बताएका छन् । सोमबार ललितपुरमा महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान गठबन्धन आगामी गठबन्धनबारे आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न उपयुक्त नभएको बताएका हुन् । पार्टीभित्र आगामी […]

  • ३ महिना अगाडि
तीनवटै प्रतिवेदनले आशा सिर्जना गर्न सकेन : प्रदीप पौडेल

तीनवटै प्रतिवेदनले आशा सिर्जना गर्न सकेन : प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् । शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता पौडेलले प्रतिवेदनमा समस्या आएको तर समाधानका लागि ठोस प्रस्ताव नभएको बताए । ‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगन जीले समेट्नु […]

  • ३ महिना अगाडि

लोकप्रिय