May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राजनीति विशेष

माओवादी केन्द्रको संसदीय दलको बैठक भाेलि

माओवादी केन्द्रको संसदीय दलको बैठक भाेलि

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक भाेलि बस्दै छ । भाेलि बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो […]

  • ३ महिना अगाडि
सरकारले प्रतिशोध साँध्यो – विनोद चौधरी

सरकारले प्रतिशोध साँध्यो – विनोद चौधरी

नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे । सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा […]

  • ३ महिना अगाडि
रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ। उनले भनिन्, ‘आगामी अधिवेशनका […]

  • ३ महिना अगाडि
रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ । संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको जानकारी दिए । संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई […]

  • ३ महिना अगाडि
कांग्रेसबाट निरन्तर धोका भएको माओवादीको  निष्कर्ष

कांग्रेसबाट निरन्तर धोका भएको माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गठबन्धनमा नेपाली कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको छ । राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि बसेको प्रदेश कमिटी बैठकले कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको हो ।बैठकले कांग्रेससँग सहकार्यका विषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार […]

  • ३ महिना अगाडि
ढोरपाटनका मेयर विरुद्ध रेडकर्नर नोटिस जारी

ढोरपाटनका मेयर विरुद्ध रेडकर्नर नोटिस जारी

बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपाली विरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ । […]

  • ३ महिना अगाडि
माघ १६मा वडामा हुने सबै कार्यक्रममा अनिवार्य उपस्थित हुनु– गगन थापा

माघ १६मा वडामा हुने सबै कार्यक्रममा अनिवार्य उपस्थित हुनु– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरुलाई १६ माघमा अनिवार्य आ–आफ्नो वडामा पुग्न निर्देशन दिएका छन् । सहिद दिवसको अवसर पारेर १६ माघमा कांग्रेसले ६ हजार ७४३ वडामा कार्यक्रम गर्ने भएकाले उक्त दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले निर्देशन दिएका हुन । ७८औं पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति […]

  • ३ महिना अगाडि
सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउनु पर्छ : सुमना श्रेष्ठ

सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउनु पर्छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने वा नष्ट गर्ने जिम्मेवार अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउने प्रस्ताव गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् । ‘हाम्रो देशको इतिहास, […]

  • ३ महिना अगाडि
कोशी प्रदेशमा एमालेकी कोइराला विजयी

कोशी प्रदेशमा एमालेकी कोइराला विजयी

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् । कोइरालाई सत्तागठबन्धनकै मतदाताले फ्लोरक्रस गरेर भोट दिएका छन् । यहाँ एमाले राप्रपाको तालमेल थियो । उनले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस […]

  • ३ महिना अगाडि
कांग्रेसले माघ १३ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

कांग्रेसले माघ १३ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो। माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राससलाई जानकारी दिए। जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्यसमितिको […]

  • ३ महिना अगाडि
मौन अवधिमा पनि दलका नेताहरु जुटे जोडतोडका साथ प्रचार प्रसारमा  !

मौन अवधिमा पनि दलका नेताहरु जुटे जोडतोडका साथ प्रचार प्रसारमा !

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन पनि दलहरूले चुनावको प्रचार गरेका छन् । प्रचारको निषेध अवधिको उल्लंघन गर्दै दलहरूले भेला राखेका हुन् । बिहीबार राष्ट्रियसभाको १९ पदका लागि चुनाव हुँदैछ । जहाँ प्रदेश सांसद र पालिकाका प्रमुख– उपप्रमुख मतदाता छन् । बुधबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरे । जहाँ […]

  • ३ महिना अगाडि
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

संघीय संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लाथि संसद् बैठक आह्वान गरेका हुन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

  • ३ महिना अगाडि