काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो । नेपालले सुरुवातका २ ओभरमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछि लगातार विकेट गुमाएको […]
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् । अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले […]
काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले पाँच विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानलाई पाँचौ सफलता मिलेको हो। १६.६ ओभरको खेलमा गुल्शल झा आउट भएका हुन्। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। झाले २५ बलमा ५४ रन बनाएका छन्। झाले ४ छक्का र […]
काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ‘निसान बाई एन्ड विन’ अभियानका बिजेताहरु लक्कि ड्रमार्फत छनोट गरेको छ । शुक्रबार थापाथलीस्थित निसान शोरुममा कम्पनीका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थितीमा लक्कि ड्र गरी ४ जना बिजेता छनोट गरिएको हो । यसरी छनोट भएका भाग्यशाली बिजेताहरुमा तलसीपुर दाङस्थित प्रदिप योगी, महेन्द्रनगरका त्रिभुवन कुमार भट्ट […]
काठमाडौं ,कात्र्तिक १९। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी […]
भूकम्पबाट अवरुद्ध भएका जाजरकोट सडक सञ्चालन रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडक पनि खुल्यो जाजरकोट ।। भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा बाटो खुलाइएको हो । भेरी करिडोरको जाजरकोटको खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ । सडक डिभिजन चौरजहारीले जिल्लाका अरू सडक समेत खुलाएको […]
शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् । यस्तैमा, विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले भूकम्प प्रभावितका लागि आर्थिकदेखि खाद्यान्न-लत्ताकपडा सहयोग गरिरहेका छन् । अभिनेता […]
सिड्नी । कलाकार जेनिशा गौतमले दिपावलीको पूर्वसन्ध्यामा देउसी-भैलो गीत सार्वजनिक गरेकी छिन् । नोभेम्बर २ मा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ । नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृतिको जोगाउने र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तयार पारिएको उक्त म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो । देउसी भैलो गीतलाई […]
मुना न्यौपाने काठमाडौँ, २० कार्तिक । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० […]
काठमाण्डौ मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]
रोशन पोखरेल, काठमाण्डौ । मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन गरिएको छ । शनिवार लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल काठमाण्डौमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो। लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हामी र हाम्रो समुहका सचिव लव खड्का रहेको हामी र हाम्रो कृतिका अध्यक्ष […]