भरत यादव झापा , नेपाल यादव सेवा समिति झापा शाखा को आयोजना तथा संजीवनि हर्ट हस्पिटल प्रा लि को प्राविधिक सहयोग र सुरुवाति कोठा नेपाल तथा आदर्श स्कुल अफ मेनेजमेन्ट को सहकार्य मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्यक्रम गरिएको छ आदर्श कलेज का विद्यार्थी ,शिक्षक लाई निसुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिएको […]
काठमाडौं । गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी , प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ । देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण […]
काठमाडौं: साफ अन्डर २० महिला च्याम्पियनसीप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। प्रतियोगितामा आज नेपाल बंगलादेशसँग भिड्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा हुनेछ। त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ । आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो […]
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्नेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारलाई दुई दिने अल्टिमेटम दिएको हो । वसुन्धरास्थित पार्टी कार्यालयमा बिहीबार […]
अहिले सामाजिक सञ्जालमा एउटै नम्बर प्लेट भएको दुई वटा मोटरसाइकलको फोटो भाइरल भइरहेको छ । बिर्तामोडका राजेन्द्र दाहाल भन्ने व्यक्तिले खिचेको मोटरसाइकलको फोटो उनले आफ्नो फेसबुक पेजमा हालेपछि अन्य प्रयोगकर्ताहरूले पनि उनकै नाम उल्लेख गरी सामाजिक सञ्जालमा मोटरसाइकलको फोटो भाइरल बनाएको हो । नम्बर प्लेट मात्र एउटै नभएर दुवै मोटरसाइकल पनि होण्डा कम्पनीको सिबी साइन कालो रङ्गको रहेको […]
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल […]
चन्द्रागिरिस्थित वनको ९१ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत अधिकृतसहित तीनजनालाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ । मंगलबारको इजलासले मालपोत अधिकृत शिवप्रसाद रिमाललाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । त्यस्तै, किर्ते कागजपत्रका आधारमा जग्गा आफ्नो नाममा ल्याउने रामकुमार सुयल थापा र मीनाकुमारी थापालाई ६–६ महिना कैद […]
काठमाण्डौ । नेपाल व्यापार सघंले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई १४ बुदेँ माग सहित ज्ञापन पत्र बुुझाएको छ । बुधबार सिहदरबार स्थित मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम सहीत पदाधीकारीको टोलिले ज्ञापन पत्र बुुझाएको हो । दक्ष जनशक्ति उत्पादन गर्ने प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने , स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, कच्चा पदार्थ […]
काठमाडौं। प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ। मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए। उनले नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताए। यसको भोलिपल्ट बुधबार बिहान प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा […]
काठमाडौं ।। प्रहरीले चासो नदिएको कारण प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) नेपालको सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतको पश्चिम बंगाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिट्ठाहरु झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार र पुरानो नगरपालिका कार्यालय नजिक, बिर्तामोड स्थित भद्रपुर रोडको बस स्टेन्ट, धुलाबारीको पुरानो हङकङ बजार, काँकरभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, […]
बिर्तामोड । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाउदै अनशन तोडाएका हुन् । इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन बसेका […]
काठमाडौं। सर्वोच्च अदालतको आदेशवाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलो दोहारो राहदानीबिरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन। सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले […]