March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन

कतार विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0८:३४
कतार विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं। गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गर्‍यो। राति नै भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको थियो।

नेदरल्यान्ड्सको तर्फबाट टिउन कुपमाइनर्स, वाउट वेगहस्र्ट र लुक डी योङले पेनाल्टीमा गोल गरेका थिए। अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनेल मेसीसहित लियान्द्रो परेडेस र गोन्जालो मोन्टियल र लाउटारो मार्टिनेजको प्रहार गोलमा परिणत भएको थियो।

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0८:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट