July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

फेरि सत्ताको दाउमा देउवा, अप्ठ्यारोमा प्रचण्ड

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:११
फेरि सत्ताको दाउमा देउवा, अप्ठ्यारोमा प्रचण्ड

काठमाडौं । कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा आलोपालो सरकारको नेतृत्व लिने विषय सार्वजनिक
भएपनि यसलाई नेताहरुले औपचारिक रुपमा स्वीकार गरिसकेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँचै वर्ष जाने दाबी समेत गर्न छाडेका छैनन् ।

यहि परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने संकेत गर्दै आलोपालोको विषय उप्काएका छन् ।

सत्ता गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीमा दाबी गरिरहेको छ ।

माधव नेपाललाई प्रधानमन्त्री बनाउने विषय गठबन्धनमा सहमति जुटेको समेत बताइन्छ । तर, सहमतिको विषय बाहिर सार्वजनिक गर्दा कर्मचारी संयन्त्रलाई
चलाउन गाह्रो हुने मनशायका कारण पनि दलहरुले यस्तो विषयलाई सकेसम्म गोप्य राख्ने गर्छन् ।

सरकार र सत्तालाई प्रभावकारी ढंगले प्रयोग गर्ने यो नै उत्तम विकल्प भएको दाबी पनि गरिन्छ । तर, संक्रमणकालीन अवस्थामा बनेको सरकार र यसको
संयन्त्रलाई भने दलका शीर्ष नेताहरुले नै प्रहार गर्दै आएका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनलाई हल्का ढंगले विश्लेषण गर्ने गरेका छन् । गठबन्धन फेरिएको र आफ्नो पार्टी
सहभागी भएको विषयमा समेत उनलाई चित्त बुझेको देखिन्न ।

राष्ट्रपति बन्ने योजनामा रहेका उनलाई सत्ता गठबन्धनले यस्तो अवसर नदिएपछि उनी चिढिएको देखिन्छ । तर, यता कांग्रेस सभापति शेरबहादुर देउवाले
समेत कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका देउवाले आफ्नो पार्टीको सरकार नभएकाले सोचेजस्तो काम गर्न पनि नसकिने बताए ।
यसले देउवा आफू प्रधानमन्त्री नबनेकोमा कतै न कतै पश्चाताप पनि देखिन्छ ।

न्यूनतम साझा कार्यक्रम नै ल्याएर सरकारमा सहभागी भएको कांग्रेसले साझा सरकार भएकाले सोचे जस्तो काम गर्न नसकिने बताउनु बहुमत प्राप्त गर्न नेता कार्यकर्तालाई तयारी गर्न
अपिल गर्नु मात्रै नभएर सरकारमाथिको अविश्वास पनि हो ।

१० दलीय सत्ता गठबन्धन उपचुनावमै गठबन्धनभित्र उपगठबन्धनको अवस्थामा पुगेकाले पनि सरकारको स्थीरतामा प्रश्न उठिरहेको बेला देउवाले यस्तो बताएपछि आशंका थप चुलिन पुगेको छ ।

यता, एमालेले पनि माओवादी केन्द्र र प्रचण्डलाई सरकारबाट बाहिर ल्याउन सकेको कसरत गर्ने अवस्था देखिएको र देउवाको यस्तो अभिव्यक्तिका
कारण कतै सरकार धरापमा पर्न थालेको त छैन ? प्रश्न उठ्न थालेको छ ।

यसअघि प्रधानमन्त्री बन्न ठिक्क परेका देउवालाई नटेरेका प्रचण्ड बालकोटाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

यहि रिस कांग्रेस र देउवाले पोख्ने अवस्था बनेमा फेरि सरकार र सत्ताको नयाँ राजनीति शुरु हुनेमा कुनै आशंका छैन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्