July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

देशभरका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ : डा.आरजु

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:४८
देशभरका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ : डा.आरजु

काठमाडौं। सांसद् डा.आरजु राणा देउवाले सरकारी शिक्षा क्षेत्रको पुनरावलोकन हुन जरूरी रहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् डा.राणाले नेपालको सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै शिक्षामा सुधार अहिलेको आवश्यकता रहेको बताएकी हुन् ।

राणाले भनिन्,‘सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न उठेको छ । लगानीअनुसार प्रतिफल नमिल्नु निरासाजनक कुरा हो । शिक्षा क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धि गर्न आवश्यक छ ।’

आधारभूत तथा माध्यामिक तहको निरन्तर मुल्याकंन र रेकर्डका लागि पृष्ठपोषण प्रदान गर्नुपर्ने उनले बताइन् । उनले नतिजामा आधारित रहेर विद्यालय र शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताइन् । उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिकरण हुनुहुँदैन । निर्देशीका अद्यावधिक हुनुपर्छ । देशभरका सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्छ । त्यसका लागि नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ । ’

 

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्