sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायालयमा न्यायको आन्दोलन

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १२:३६
न्यायालयमा न्यायको आन्दोलन
  • आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् ।
  • विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
  • धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

काठमाडौं ।।

आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।

१३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि ‘तपाईले जुन-जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा अपशब्द प्रयोग गरेर ‘तैले के गर्न सक्छेस् गर’ भन्दै हातपात गरेको जिल्ला अदालत ललितपुरका कर्मचारीहरुले जनाएका छन् ।

नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् । कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid