June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित

भ्वाइस किड्सका १६ प्रतिस्पर्धी भए सेमिफाइनलिस्ट

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४१
भ्वाइस किड्सका १६ प्रतिस्पर्धी भए सेमिफाइनलिस्ट

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् । जसमा टिम मिलनबाट प्रार्थना गुरुङ, सृष्टि लामा, निशित बिके र ईशा राई सेमिफाइनलमा प्रवेश गरेका छन् । टिम प्रमोदबाट अश्मिक खवास, चन्दन सुब्बा, रिजन डाँगी र विनम्र सुवेदी अघिल्लो चरणमा प्रवेश गर्न सफल भए ।

टिम सुशान्तबाट तारा राई, परिश्ना बाँस्तोला, आराध्या धमला र निहारिका खड्का तथा टिम प्रविशाबाट अर्नव बन, अग्रिमा रिजाल, श्रद्धा राई र सञ्जिता बिके सेमिफाइनलमा प्रवेश गरेका छन् । कम मत ल्याउने आठजना प्रतिस्पर्धी पछिल्लो सप्ताहन्त बाहिरिएका छन् ।

आगामी जेठ ६ गते ग्राण्ड फिनाले हुँदैछ । द भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट