sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्थगित खेल आज हुने : एसीसी प्रिमियर कप

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0९:१0
स्थगित खेल आज हुने : एसीसी प्रिमियर कप

काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत सोमबार भारी वर्षाका कारण स्थगित भएको घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बाँकी रहेको फाइनल खेल मंगलबार हुने भएको छ। सोमबार वर्षाले बिथोलेको खेल मंगलबार ‘रिजर्भ डे’मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। मंगलबार सोमबारकै स्थितिबाट खेल सुरु हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय ६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो। यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै आर्यन लाक्राले १३, कप्तान मोहमद वासिमले ११ र बसिल हमिदले १० रन बनाए। नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए। यस्तै करण केसी र सन्दीप लामिछानेले दुई÷दुई तथा गुलशन झा र सोमपाल कामीले एक÷एक विकेट हात पारे।

मंगलबार यूएईले १०६–९ को स्थितिबाट खेल सुरु गर्नेछ। मंगलबार पनि वर्षाको सम्भावना रहेकाले नतिजा नआएमा खेल सुपर ओभरमा धकेलिने छ। सुपर ओभर पनि वर्षाले बिथोलेमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नेछ। सुपर ओभर नभएमा एकदिवसीय वरीयताको आधारमा नेपाल एसिया कपमा छनोट हुनेछ। एकदिवसीय वरीयातामा नेपाल १४ र यूएई १९औं स्थानमा छन्।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनेछ। एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र एसीसी प्रिमियर कप विजेता समूह ‘ए’मा छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। एसिया कप आगामी सेप्टेम्बरमा हुँदैछ।

कुवेतसँगको सेमिफाइनल खेल पनि वर्षाले बिथोलेपछि समूह चरणमा गरेको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। यूएईले भने बलियो टोली  ओमानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा दुई रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा आयोजक नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान थिए। यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई थिए।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid