April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

स्थगित खेल आज हुने : एसीसी प्रिमियर कप

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0९:१0
स्थगित खेल आज हुने : एसीसी प्रिमियर कप

काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत सोमबार भारी वर्षाका कारण स्थगित भएको घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बाँकी रहेको फाइनल खेल मंगलबार हुने भएको छ। सोमबार वर्षाले बिथोलेको खेल मंगलबार ‘रिजर्भ डे’मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। मंगलबार सोमबारकै स्थितिबाट खेल सुरु हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय ६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो। यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै आर्यन लाक्राले १३, कप्तान मोहमद वासिमले ११ र बसिल हमिदले १० रन बनाए। नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए। यस्तै करण केसी र सन्दीप लामिछानेले दुई÷दुई तथा गुलशन झा र सोमपाल कामीले एक÷एक विकेट हात पारे।

मंगलबार यूएईले १०६–९ को स्थितिबाट खेल सुरु गर्नेछ। मंगलबार पनि वर्षाको सम्भावना रहेकाले नतिजा नआएमा खेल सुपर ओभरमा धकेलिने छ। सुपर ओभर पनि वर्षाले बिथोलेमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नेछ। सुपर ओभर नभएमा एकदिवसीय वरीयताको आधारमा नेपाल एसिया कपमा छनोट हुनेछ। एकदिवसीय वरीयातामा नेपाल १४ र यूएई १९औं स्थानमा छन्।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनेछ। एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र एसीसी प्रिमियर कप विजेता समूह ‘ए’मा छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। एसिया कप आगामी सेप्टेम्बरमा हुँदैछ।

कुवेतसँगको सेमिफाइनल खेल पनि वर्षाले बिथोलेपछि समूह चरणमा गरेको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। यूएईले भने बलियो टोली  ओमानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा दुई रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा आयोजक नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान थिए। यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई थिए।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।