February 18, 2025 | मङ्लबार, फाल्गुन ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३ दिनभित्र सांसदको नाम दिन सभामुखको आग्रह

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १४:१६
३ दिनभित्र सांसदको नाम दिन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त समिति गठनका लागि तीन दिनभित्र नाम दिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

संघीय संसदमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गरी दुईवटा संयुक्त समिति छन् ।

आइतबार कार्यव्यवस्था परामर्श समितिमा सभामुख घिमिरेले भने, ‘संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ । समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऔं ।’

गत ४ मंसिरको चुनावपछिको प्रतिनिधिसभाको पहिलो अधिवेशनले संसदीय विषयगत समिति गठन गरे पनि संयुक्त समिति भने गठन गर्न सकेको थिएन । दोस्रो अधिवेशन सुरु हुनु अगावै सभामुख घिमिरेले संयुक्त समिति गठनका लागि संसदमा रहेका दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

संघीय संसदको वर्षे अधिवेशन आइतबार सुरु हुँदैछ । त्यस अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त समिति गठनका दलीय आधारमा सांसदहरुको नाम पठाउन दलहरुलाई तीन दिनको समय दिएका उनको सचिवालयले जनाएको छ ।

सभामुखको निर्देशनपछि अब राजनीतिक दलहरुले दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउनुपर्ने हुन्छ । सभामुखको सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति पूर्ण नहुँदा प्रधानन्यायाधीश, न्यायाधीश नियुक्ति लगायतका काममा असर पर्ने भएकाले सभामुखले दलहरुलाई निर्देशन दिएका हुन् ।

राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरुको नाम पठाइसकेको छ । प्रतिनिधिसभाले भने पठाएको छैन । दुवै संयुक्त समितिमा १५-१५ सदस्य हुन्छ । जहाँ प्रतिनिधिसभाबाट १२ जना सांसद र राष्ट्रिय सभाबाट ३ जना सांसद रहन्छन् ।

सुनुवाइ समितिमा प्रतिनिधिसभामा दलहरुको सांसद संख्याका आधारमा सदस्य चयन हुन्छन् । तर दलहरुले प्रतिनिधिसभाबाट संसदीय सुनुवाइ समितिमा प्रतिनिधित्व गर्ने सांसदको नाम दिएका छैनन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्