sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बागमती प्रदेश खेलकुद प्रतिस्पर्धा हुदै

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १२:५९
बागमती प्रदेश खेलकुद प्रतिस्पर्धा हुदै

काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदको आयोजना दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्य प्रदेशका खेलकुद निकायको तुलना अग्रणी देखिएको बागमतीले अघिल्लो संस्करणको तुलनामा ५ खेल थपेको हो । नवनिर्मित पिप्ले क्याम्पा रंगशालामा प्रदेश मुख्यमन्त्री शालीकराम जमकट्टेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ तथा गत वर्ष असोज-कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश टिमले हासिल गरेको सफलताका आधारमा खेलको प्रतिस्पर्धा थपिएको बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले  बताए।

फुटबल, रग्वी, तेक्वान्दो, कराते, आईटीएफ तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, एथलेटिक्स, भलिबल, क्रिकेट, जुडो, उसु र क्रिकेट समावेश गरिएको छ । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी ७९४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेश खेलकुद परिषदका निमित्त कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार यो संस्करणमा १४ सय २७ पुरुष र १०७५ महिला गरी २५०२ खेलाडीको सहभागिता रहनेछ । प्रदेश सरकारबाट विनयोजित ९ करोड ३२ लाख बजेटमा यो प्रतियोगिता आयोजना हुँदैछ ।

एक दुई खेलबाहेक सबैमा प्रदेशका १३ वटै जिल्लाका टिमको सहभागिता रहेको उनले जानकारी दिए । अफिसियल, उपसमिति सदस्य र ६०० स्वयमसेवकसमेत गरी यो प्रतियोगितामा ५ हजारबढीको सहभागिता रहनेछ ।

‘स्थानीय तहलाई जागरुक गराउने, प्रदेश चलायमान बनाउने र केन्द्रीय स्तरमा खेलाडी आपूर्ति गर्ने नीतिअनुसार नै कार्यक्रमहरु सन्चालन गरिरहेका छौं,’ उनले थपे ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid