May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

जुन पार्टीको भए पनि कारबाहीको प्रकिया अगाडी बढ्छ : गृहमन्त्री

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १६:१६
जुन पार्टीको भए पनि कारबाहीको प्रकिया अगाडी बढ्छ : गृहमन्त्री
  • भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने
  • कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्छन्
  • स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं ।।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका छन् । पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताए । दोषीलाई छोड्नु हुन्न, निर्दोष नफसुन् भन्ने मान्यता रहेको भन्दै उनले भने, ‘तथ्य प्रमाणका आधारमा जहाँसम्म जानुपर्ने गरी दोषीलाई फेला पार्न अगाडि बढ्नुपर्ने हो, त्यहाँसम्म पुग्छ ।’

‘यहाँ त अचम्म छ, अलिकति राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिए कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्छन्, यो त भएन नि । उद्योग व्यवसायीहरु पर्यो भने हामीले त कर तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं । हामीलाई पनि गर्ने भनेर आवाज उठाउँछन्’ श्रेष्ठले भने । कर्मचारीहरु पर्यो भने कर्मचारीलाई कहाँ पाइन्छ भन्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘त्यसो भए (कारबाही) कसलाई गर्ने ? निमुखा, गरिब जनतालाई गर्ने ?

राजनीतिक नेताहरुलाई एउटा, राजनीतिमा नरहेकाहरुलाई अर्को कानुन हुन नसक्ने उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘कर्मचारीलाई एउटा कानुन, त्यो कर्मचारी कहाँ धाउनेलाई अर्को कानुन हुन सक्दैन । धनीलाई एउटा कानुन, गरिबलाई अर्को कानुन म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन । काननु सबैका लागि समान हुन्छ ।’

तर कसैलाई बढी गर्यो त कसैलाई तान्नुपर्नेलाई तानेन भन्ने लागेको उनले बताए । ‘तपाईंको मनले ठानेको वा तथ्य नै पनि होला । तर प्रमाण नभएसम्म राज्यले सरकारले केही गर्न सक्दैन । ब्याक फायर हुने काम गर्दैन’, उनले भने ।

तथ्य प्रमाणले भेटेसम्म सबैलाई कानुनको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताए । माओवादी केन्द्रको होस्, कांग्रेसको होस्, एमालेको होस्, एकीकृत समाजवादीको होस्, जनता समाजवादीको होस्’, उनले भने, ‘पार्टीको मलाई कुनै तलब छैन, सरकारलाई कुनै मतलब छैन । सबै समान हुन् कि भ्रष्टाचारी हुन् कि भ्रष्टाचारी होइनन् । कि दोषी हुन् कि दोषी होइनन् ।’

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट