sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘सुन सुन सुन्दरी’ गीत टिकटकमा भाइरल

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:३६
‘सुन सुन सुन्दरी’ गीत टिकटकमा भाइरल

भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ चर्चामा छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा यो फिल्मप्रति उत्साह बढेको हो । यसैबिच, फिल्ममा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजालमा टिकटकमा भाइरल बनेको छ । जसलेगर्दा, युट्युबमा पनि गीतको भ्यूज बढिरहेको छ । अन्जु पन्त र एसडी योगीको स्वरमा समावेश यो गीतको ‘भए शिरफूल नभए लाउलाउ लाछा डोरी उनैको, सबको माया बैगुनी छ तिम्रो माया गुनैको’ अंश टिकटकमा भाइरल बनेको छ ।

टिकटकमा यो गीत चलेपछि गीतले युट्युबमा ५ दिनमा साढे ६ लाख भ्यूज पाइसकेको छ । गीत सामाजिक संजालमा हिट भएपछि यसको प्रभाव फिल्मको बक्स अफिसमा पनि पर्ने देखिन्छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल शर्माको प्रस्तुति छ । फिल्मको यो गीतमा नायक दयाहाङ राई र नायिका मिरुना मगरलाई फिचरिङ गरिएको छ ।

सुष्मा सिग्देलले लेखेको गीतमा सुशान्त गौतमको संगीत छ । जय श्रेष्ठको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मले राजनीतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् । यसैबिच, फिल्मको प्रदर्शनको दिन नजिकिदै जादा यसको निर्माणपक्षले देशभर प्रचारलाई पनि तिव्रता दिइरहेको छ । पश्चिमको नेपालगञ्जदेखि पूर्वको झापामा फिल्मको पोष्टर अटोमा टाँसेर प्रचार गर्ने कामलाई यसको निर्माणपक्षले तिव्रता दिएको छ । प्रस्तुतकर्ता शर्माले ग्राउन्ड जिरो प्रचार अन्तरगत अटोमा पोष्टर टाँसेर प्रचारको कामलाई तिव्रता दिएको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid