sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:५४
कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे
  • उपचारका निम्ति सातजना चिकित्सकको टोली हिमालमा पुगे
  • उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसके
  • आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै

काठमाडौं ।।

शरद् ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका निम्ति सातजनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्यचौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्यचौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिए । उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ ।

स्वदेशी र विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उनको भनाइ छ । मनाङगाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् । फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् । हिमालय उद्धार संघले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचमा टेवा पुर्‍याउने उद्देश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै आएको छ ।

संघका अध्यक्ष डम्बर पराजुलीले शरद् ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी र स्वदेशी पर्यटक हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोली समेत पठाइसकिएको बताए । मनाङ जाने पर्वतारोहीले थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायत हिमाल आरोहण गर्ने गरेका छन् । सोलुखुम्बुतर्फ जाने पर्यटकले आइल्यान्ड पिक, आमादब्लम, लोपुचे पिकलगायत हिमाल चढ्ने गरेका छन् ।

शरद् ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही एकदमै कम भएकाले सगरमाथा आधारशिविरमा चिकित्सकको टोली नपठाइएको सो संघले जनाएको छ । सन् १९७३ मा स्थापना भएको संघले मनाङ, गोसाइँकुण्ड, फेरिचे र सगरमाथा आधारशिविरमा चिकित्सक पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ । संघले स्वदेशी र विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सीईओ बस्यालले बताए । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने संघले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid