sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:३६
सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार

यस वर्ष भौतिक विज्ञानतर्फ तीन जना वैज्ञानिकले नोबल पुरस्कार पाएका छन्।

पियरे अगोस्तिनी, फेरेन्क क्राउज र आन लुहिलियरलाई संयुक्तरूपमा पुरस्कृत गरिएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले जनाएको छ। ‘पदार्थमा इलेक्ट्रोनको चाल सम्बन्धी अध्ययनका लागि प्रकाशको अट्टोसेकेन्ड पल्सहरू सिर्जना गर्ने प्रयोगका लागि’ तीनै जना वैज्ञानिकलाई पुरस्कृत गरिएको नोबल कमिटीले उल्लेख गरेको छ।

अट्टोसेकेन्ड पल्सहरू लेजर प्रकाशका अट्टोसेकेन्ड अवधिका झिल्काहरू हुन्। यो अहिलेसम्म वैज्ञानिकहरूले आविष्कार गरेका सबैभन्दा छोटो अवधिका प्रकाश हुन्।

अट्टोसेकेन्ड आफैंमा समयको निकै सूक्ष्म अंश हो। ब्रह्माण्डको उमेर (करीब १३ अर्ब ७७ करोड वर्ष)लाई एक सेकेन्ड बराबर मान्ने हो भने अट्टोसेकेन्ड एक सेकेन्डको हुन्छ।

यी तीन वैज्ञानिकहरूले गरेको खोजले परमाणु र अणुको संसारमा रहेका इलेक्ट्रोनको खोज गर्न नयाँ औजार उपलब्ध गराएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले विज्ञप्तिमा उल्लेख गरेको छ। प्रकाशका यी सूक्ष्म अवधिका झिल्काहरू प्रयोग गरेर परमाणु र अणुभित्र भइरहेको प्रक्रियाहरूको तस्वीर खिच्न सकिनेछ।

“अब हामी इलेक्ट्रोन जगत्‌को ढोका खोल्न सक्ने भएका छौं। अट्टोसेकेन्ड भौतिकशास्त्रले हामीलाई इलेक्ट्रोनद्वारा सञ्चालित क्रियाकलाप बुझ्ने अवसर दिएको छ। यसपछिको खुड्किलो यसको उपयोग हो,” भौतिकशास्त्रका लागि नोबल कमिटीकी अध्यक्ष इभा ओल्सोनले भनेकी छन्।

सन् १९६८ मा फ्रान्सको एइक्स–मार्सेल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका पियरे अगोस्तिनी अहिले अमेरिकाको ओहयो स्टेट विश्वविद्यालयमा प्राध्यापक छन्।

सन् १९९१ मा अस्ट्रियाको भियना विश्वविद्यालयबाट विद्यावारिधि गरेका फेरेन्क क्राउज अहिले जर्मनीस्थित म्याक्स प्लांक इन्स्टिच्युट अफ् क्वान्टम अप्टिक्सका निर्देशक र लुडविक–म्याक्सिमिलियन्स युनिभर्सिटीमा प्राध्यापक छन्।

सन् १९८६ मा पियरे एन्ड मेरी क्युरी विश्वविद्यालयबाट विद्यावारिधि गरेकी आन लुहिलियर हाल स्वीडेनको लुन्ड विश्वविद्यालयमा प्राध्यापक छिन्।

सन् १९०१ देखि भौतिकशास्त्रतर्फ प्रदान गर्न थालिएको नोबल पुरस्कारबाट अहिलेसम्म ११६ जना वैज्ञानिक सम्मानित भएका छन्। तीमध्ये एकल पुरस्कार पाउने ४७ जना वैज्ञानिक छन्।

लुहिलियर भौतिकशास्त्रतर्फ नोबल पुरस्कार पाउने पाचौं महिला हुन्। यसअघि सन् १९०३ मा मेरी (म्याडम) क्युरी, सन् १९६३ मा मेरिया मेयर, सन् २०१८ मा डोन्ना स्ट्रिकल्यान्ड र सन् २०२० मा आन्द्रिया घेजले भौतिकशास्त्रतर्फ नोबल पुरस्कार पाएका थिए।

भौतिकशास्त्रतर्फ नै दुई पटक नोबल पुरस्कार पाउने वैज्ञानिक जोन बार्डेन हुन्। भौतिकशास्त्रतर्फ सबैभन्दा कम उमेरमा पुरस्कृत हुने वैज्ञानिक लरेन्स ब्राग हुन् जसलाई सन् १९१५ मा आफ्ना पितासँगै पुरस्कार दिइएको थियो। त्यति वेला उनी २५ वर्षका थिए।

सबैभन्दा बढी उमेरमा पुरस्कृत हुने चाहिं आर्थर अस्कीन हुन्। उनले ९६ वर्षको उमेरमा सन् २०१८ मा पुरस्कार पाएका थिए।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid