April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:४१
पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार

५१ हजार पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुँदै

कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुने

प्रथमलाई ५१ हजार नगद र दोस्रोलाई  २१ हजार नगद दिनेगरी  पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौ । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी वृहत खुल्ला कृकेट प्रतियोगिताको आयोजना गर्न लागिएको ख्याहा पाल्पा काठमाडौ समाज नेपालका सचिव कमल पाण्डेले जानकारी दिए ।

सचिव कमल पाण्डेका अनुसार भदौ २५ गते बसेको समाजको पुर्ण बैठकले कात्तिक ८ गतेदेखि १० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

खुल्ला क्रिकेट प्रतियोगिता रिब्दिकोट गा. पा – १ ख्याहा कराम्दीको खेल मैदानमा हुने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेलाई ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

समाजले बेला बेलामा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम, नि:शुल्क स्वास्थ शिबिर, रक्तदान, लगायतका सामाजिक काम गर्दै आएर सर्वत्र वाहवाही बटुल्दै आएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट