July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिमालयन बैंकद्वारा काठमाडौं प्रहरीलाई गोप्रो हस्तान्तरण

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:२७
हिमालयन बैंकद्वारा काठमाडौं प्रहरीलाई गोप्रो हस्तान्तरण
  • इन्स्टा २६० चेष्ट स्ट्रिप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामरा हस्तान्तरण
  • निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान
  • अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको उपस्थिति

काठमाडौं ।।

हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई ‘इन्स्टा २६० चेष्ट स्ट्रिप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामरा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख ६७ हजार ५०० बराबरको पाँच थान गोप्रो हस्तान्तरण गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधका आधारमा काठमाडौंमा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमोद ढुंगेललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट