sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनआईसी एशिया बैंकको नाफा धेरै घट्यो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:२२
एनआईसी एशिया बैंकको नाफा धेरै घट्यो
  • एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घट्यो 
  • बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन 
  • तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं ।।

चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब एक करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खराब कर्जामा वृद्धि भएसँगै नाफामा असार परेको देखिन्छ ।

वित्तीय विवरणानुसार बैंकको खराब कर्जा असोज मसान्तसम्म १.३७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा ०.५९ प्रतिशत थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले गत वर्षको असोज मसान्तसम्म तीन अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा दुुई अर्ब ७४ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानीबाट आर्जन गरेको छ । बैंकले दुई खर्ब ९४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid