sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:१३
सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै
  • सर्वोत्तम सिमेन्ट लिमिटेडले  
  • आईपीओ – बुक बिल्डिङमार्फत खुला गर्ने
  • मंसिर ६ गतेदेखि बोलपत्र निकाल्ने 

काठमाडौं ।।

सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । आउँदो मंसिर ६ गतेदेखि बोलपत्र खुला गर्ने भएको हो । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । पहिलो चरणमा कम्पनीले ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत सेयर बिक्री गर्न मंसिर १० गतेसम्म समय तोकेको छ ।योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउने बताइएको छ । सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम स्तर रहेको जनाउँदछ । कम्पनीको वास्तविक वित्तीय विवरण २०७८/०७९ मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको नेटवर्थमा औषत प्रतिफल ६ रुपैयाँ ७२ पैसा छ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid