May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0७:५६
अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दुई सय एक रनको दोहोरो शतक खेले ।

अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई दुई विकेट लिए । त्यस अघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो ।

अफगानिस्तानका इब्राइम जद्रानले १ सय २३ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट लिए । ८ खेलमा ६ वटा जितेको अष्ट्रेलिया १२ अङ्क सहित जारी विश्वकपको तेस्रो स्थानमा छ । सामान ८ खेलमा चार वटा जितेको अफगानिस्तान आठ अङ्क सहित छैटौं स्थानमा छ ।

हिजोको जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अब चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0७:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।