sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:३६
उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

काठमाडौं।

सरकारी संयत्रको कमजोरीका कारण उपभोक्ताले बजारमा चिनीको अभाव झेल्नुका साथै पाइहाले पनि महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले दशैँपछि २५ हजार मेट्रिक टन चिनी ल्याउने भने पनि तिहारमा समेत चिनीको अभाव हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले केही दिन अगाडि मन्त्रालयले २५ टन चिनी ल्याउने भने पनि अहिले त्यसको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो । बजारमा भने उपभोक्ताले प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य भइरहेका छन् ।

सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनिएको चिनी यसपटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन चिनी भन्सार छुटमा खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको मन्त्रालय स्रोतले जनाएको छ ।

कर्पाेरेसनले आह्वान गरेको टेन्डरअनुसार चिनी प्रतिटन ८ सय ३२ अमेरिकी डलर वा खरिद मूल्य नै प्रतिकेजी १ सय ४२ रुपियाँ पर्न गएको थियो । त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नुबा साथै त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा सबै जोड्दा बिक्री गर्न सकिने अवस्था नदेखिएकाले चिनी खरिद नगर्ने निर्णयमा पुगेको ती कम्पनीहरुले बताएका छन् ।नाम उल्लेख नगर्ने सर्तमा सिनामङ्गलका एक खुद्रा व्यापारीले नेपाल समाचारपत्रलाई होलसेल मूल्यमा बिना बिलको १ सय ४५ रुपियाँसम्ममा चिनी बिक्रि गरिरहेको बताए । आफूहरुले बिना बिलको जोखिम मोलेर चिनी लिन बाध्य भएको समेत जानकारी दिँदै उनले आफूहरू सरकारको निशानामा परे पनि ठुला होलसेल व्यापारीसँग भने सरकार मिलेको आरोप लगाए । उनले ट्रकका ट्रक चिनी अवैधानिक बाटोबाट आइरहेको सूचना आफूसँग रहेको दाबी पनि गरे ।

आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला, व्यवसायी, उद्योगीलाई राखेर सोमबार र मंगलबार लगातार चिनीकै विषयमा विभिन्न विकल्पमा छलफल गरे पनि कुनै विकल्प फेला परेको छैन ।

आजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सय रुपियाँमा चिनी बेच्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि शनिबारसम्म प्रतिकिलोग्राम १ सय रुपियाँमा प्रति व्यक्ति २ किलोसम्म चिनी दिने जनाएको छ । कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले साल्ट टे«ेडिङ कर्पोरेसनसँग ९७ रुपियाँमा लिएको ५० क्विन्टल चिनी उपत्यकाका सबै शाखाबाट २ किलोका दरले चिनी बेचिने जानकारी दिनुभयो । उहाँले बिहान १० बजेबाट ४ बजेसम्म खुल्ने खाद्य व्यवस्थाका शाखाहरूमा गएर उपभोक्ताले चिनी लिन सक्ने जानकारी पनि दिनुभयो । साल्ट ट्रेडिङ कम्पनीले भने दशैं अगाडिबाटै प्रतिकिलो ९७ रुपियाँमा चिनी बेचिरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid