काठमाडौं ।।
समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
विगत एक महिनामा समग्र सेयर बजारको अंक भने स्थिर रहयो । कात्तिक १५ गते नेप्से परिसूचक १८५८ अंकमा रहेकोमा सामान्य उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम भएको छ ।
यही अवधिमा दुई होटल, दुई जलविद्युत् कम्पनी, एक लगानी कम्पनी, एक उत्पादन कम्पनी र एक लघुवित्त कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ३० प्रतिशतले बढेको छ ।