साझापरिवेश डेस्क काठमाडौ ।।
काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ ।
ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र हो ? सर्वसाधारणको प्रश्न रहेको छ।
ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रममा चासो नदिएको देखिन्छ । दुर्घटना न्यूनीकरण र ट्राफिक ब्यवस्थापनलाई पन्छाउदै ट्राफिक राजश्व संकलनमा केन्द्रीत भएकाले दुर्घटनाको जोखिम बढ्ने देखिन्छ ।
सवारी चेकजाच, मादक पदार्थ सेवनको चेकजाच, नियमित गस्ती , ओभरलोड नियन्त्रण लगायतमा ट्राफिक प्रहरीको ध्यान नगएको देखिन्छ ।
उपत्यका विभिन्न ठाउमा ट्राफिक चेकिङका नाममा सर्वसाधारणलाई जवरजस्ती जरिवाना तिराउने गरेको हो । विभिन्न बहानामा राजस्व काट्ने र दुख दिने सर्वसाधारणले बताए ।
आज दिनको करिब एक बजेको समयमा कमलादीबाट दरबारमार्गको एकतर्फी बाटोमा ४ जना ट्राफिक बसेर राजस्व संकलनमा केन्द्रित भएका थिए । एकतर्फी बाटोमा राजश्व संकलन गर्दै बसेका उनिहरुले जानकारी गराउन सक्दैन थिए ? के उनिहरुले ट्राफिक जनचेतना वा जानकारी गराउन हुदैन थ्यो ?? राजश्व संकलन प्राथमिकता कि जनचेतना ?
यस बिषयमा ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र भट्टसग बुझ्नलाइ पटकपटक सम्पर्क गर्दा उनको फोन नउठेको हो ।
थप भिडियो हेर्न तलको लिंकमा थिच्नुहोस :
उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित : https://www.facebook.com/100065198524014/videos/1068700994307366
महानगर प्रहरी र ट्राफिक प्रहरीबिच गम्सागम्सी : https://www.facebook.com/100065198524014/videos/886046089466230