May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १२:२४
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ ।

‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । सन्दीप विदेशी खेलाडीका रुपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् ।

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए । पाकिस्तान सुपर लिगको अगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।

सन्दीपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम कुर्रन, न्युजिल्यान्डका जेम्स निसाम, दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका, वेस्ट इन्डिजका काइरन पोलार्ड, रोभमन पोवेल, रोमारियो सेफर्ड, ब्रान्डन किङ र कायले मायर्स पनि ‘ड्राफ्ट’ मा परेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।