May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा

दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत पराजित

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:२४
दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौँ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली दोस्रो टी–२० खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी बनेको हो ।

डीएलएसबाट १५ ओभरमा १ सय ५४ रनको संशोधित लक्ष्य पाएको दक्षिण अफ्रिकाले उक्त लक्ष्य ७ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरिक्सले सर्वाधिक ४९ रन बनाए भने कप्तान एडन मार्क्रमले ३० रनको योगदान दिए । ट्रिस्टन स्टब्स र एन्डिले फेलुक्वायोले नटआउट रहँदै क्रमशः १४ र १० रन बनाउँदै टोलीलाई विजयी लक्ष्यसम्म पुर्‍याए । भारतका लागि मुकेश कुमारले २ तथा मोहम्मद शिराज र कुल्दीप यादवले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रिंकु सिंह र कप्तान सूर्यकुमार यादवको विस्फोटक ब्याटिङको मद्दतले १९.३ ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । सिंहले ३९ बलमा ६८ रन बनाए भने यादवले ३६ बलमा ५६ रन हिर्काए । तिलक वर्माले २९ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ विकेट लिए ।

जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट