sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

झापामा एक हप्ताको नातिनी हजुरबाले बेचेपछी …

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १0:३0
झापामा एक हप्ताको नातिनी हजुरबाले  बेचेपछी …

झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ ।

झापा बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबीचको सम्बन्धले जन्मिएको बच्चा बिक्री गरिएको जनाइएको छ ।छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबुले आमा र छोरीलाई सिक्किम लगेर सन्तानविहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए ।

उनीहरुको अवैध सम्बन्ध रहेको र गर्भ बसेको थाहा पाएपछि २०७९ पुस २७ मा विवाह गरेको एक निवेदनमा उल्लेख छ । पीडित युवतीले २०८० भदौ २५ गते छोरी जन्माएकी थिइन् ।तर, छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबु भीमप्रसाद भट्टराईले आमा र छोरीलाई सिक्किम लगेर सन्तानविहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए ।

‘आफ्नो बच्चा खोइ भनेर सोध्दा भट्टराई परिवारले ‘नानी काठमाडौँमा छ’ भनेर जवाफ दिने गरेका थिए,’ ती युवतीले निवेदनमा भनेकी छन् । हाल पीडित ती युवती बेसहारा छिन् ।
उनकी छिमेकी प्रकृति रिजालले सामाजिक सञ्जालमा घटनाको विषयमा एक भिडियो पोष्ट गरेकी छन् । उक्त भिडियोमा ‘विवाहपछि केटीलाई घरमा नराखेर अर्कैको घरमा राखेको, बच्चा जन्मिँदासम्म कुनै हेरबिचार नगरेको, बच्चा जन्माएको ६ दिनमा सार्वजनिक बसमा भारत पानीटंकीसम्म लिएर आएको’ उल्लेख गरेकी छन् । उनले एक हप्ताको सुत्केरीलाई आराम दिनुको सट्टा उक्त परिवारले सार्वजनिक बसमा सिक्किम पुर्याएको र बच्चा बिक्री गरेको दाबी गरेकी छन् ।

बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवती भागेर झापा बिर्तामोडस्थित बुट्टाबारीमा रहेको नाताले दाजु पर्नेको घरमा पुगिन् । आफ्नो बच्चा बिक्री भएको सुनाएपछि गाउँलेहरु भेला भए र तुरुन्त बच्चा फिर्ता ल्याउन भट्टराई परिवारलाई दबाब दिए ।

त्यसपछि भट्टराईले शिशु फिर्ता ल्याए । तर, युवतीमाथिको हिंसा भट्टराई परिवारबाट रोकिएन । भट्टराई परिवारले बच्चाको स्याहार सुसारको लागि खर्च नदिँदा ती युवतीले मागेर जीवन गुजारेको आफूले देखेको छिमेकी बताउँछन् । उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे ।

शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा ८ महिनाको गर्भ रहेको थाहा भयो ।

त्यसपछि ती युवतीसँग सामान्य टिकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए । तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे ।यसैबीच, बच्चालाई अन्तै कतै छोडेर विदेश जान युवतीलाई दबाब दिने गरेको पनि उनीहरुको दाबी छ । घरमा रहँदा पनि युवतीमाथि अनेक खालका गाली गलौज र हिंसाका घटना भइरहने गरेको छिमेकी दाबी गर्छन् ।

घटनाको विषयमा सोमबार बुद्धशान्ति गाउँपालिकाका वडा अध्यक्ष अनिल वाग्लेको रोहबरमा छलफलसमेत भएको थियो । उर्लिएर पुगेका गाउँलेसामु भट्टराई परिवारले बुहारी स्वीकार गर्ने भन्दै जिम्मा लिएर गए । यद्यपि ती युवती र शिशुको अवस्था खतरामुक्त नरहेको छिमेकी बताउँछन् ।भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् । तर, उनीहरुले हालसम्म तीन महिनाको शिशुको न्वारानसमेत नगरेको युवतीले बताएकी छन् ।

पण्डित परिवारले ती युवतीलाई उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की पनि दिने गरेको स्रोतको दाबी छ । केटा पक्षले अर्को केटीसँग विवाहको तयारी समेत गरेको थाहा पाएको स्थानीय प्रगति रिजालले दाबी गरेकी छन् ।पण्डित भीमप्रसाद भट्टराईले भने घटना मिलाइसकेको बताए । नातिनीलाई बिक्री गर्न चाहिँ लानु भएको हो कि होइन ? भन्ने प्रश्नमा उनले भने, ‘बिक्री गर्न लगेको भए हाम्रो नातिनी हामीसँग हुन्छ ? भन्नु त ?’ जन्मदर्ता किन नगराउनु भएको भन्ने प्रश्नमा भोलि दर्ता गराइदिने उनले बताए ।

सिक्किमा लगेर बेचेको भन्ने कुरा गलत रहेको उनले बताए । ‘मैले बुहारी र नातिनीलाई दुःख दिएको होइन । मेरी श्रीमती फोक्सोको बिरामी थिइन् । त्यसपछि मैले सालीको घरमा लगेर बुहारीलाई राखेको हो । हाम्रो परिवार हामी मिलेका छौँ । बुहारी स्वीकार गरेर राखेका छौँ । भदौमै ल्याएर राखेका हौँ । पछि हामी बाउछोरा नै गएर लिएर आएका हौँ । नानी पनि सँगै लिएर आएका हौँ । बुहारी सिधा छिन् । उनलाई सिकाएर अरुले उक्साएर यस्तो भएको हो,’ उनले भने, ‘बेचिसकेको नानी फेरि कसले ल्याउन सक्थ्यो त ? प्रमाणित हुनु परेन ? अप्रमाणित बोलेर भएन नि ? यो एकपक्षीय हिसावले हाम्रो परिवारमाथि कसैले खेलवाड गर्न खोजिएको हो । त्यस्तो केही होइन ।’ रातोपाटी अनलाइनबाट साभार गरि सम्पादन गरीएको।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid