sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० ११:0८
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौँ मिनेटमा एलेजेन्ड्रो ग्रान्चोको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । तर, खेलको १४ औँ मिनेटमा कार्लटन मोरिसले लुटन टाउनका लागि गोल फर्काउँदै अन्तरकम गरेका थिए ।

पहिलो हाफको १५ मिनेट भित्र कुल ३ गोल निस्किए पनि बाँकी समयमा थप गोल नहुँदा अन्ततः युनाइटेड २–१ को जितका साथ तालिकामा ३ अङ्क थप्न सफल भयो । जितसहित युनाइटेड ४४ अङ्क बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ भने पराजित भएको लुटन २० अङ्कका साथ १७ औँ स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५–० को एकतर्फी जित दर्ता गरेको छ । पाँच मध्य एक गोल भने उपहार पाएको थियो । १३ औँ मिनेटमा सेफिल्डका मेसन होलगेट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।

यसैगरी, फाकुन्डो बुओनानोटले २० औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । डेनी वेलब्याकले २४ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको ब्राइटनले ७५ औँ मिनेटमा एक गोल उपहार पायो । सेफिल्डका ज्याक रोविनसनले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइटनले अग्रता तेब्बर बनायो ।

त्यस्तै, ७८ औँ मिनेटमा सिमनो एडिंग्राले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे । उनैले व्यक्तिगत दोस्रो गोल ८५ औँ मिनेटमा गर्दा ब्राइटनले सेफिल्डमाथि ५–० को सहज र फराकिलो जित निकाल्न सफल भयो ।

जितपछि ब्राइटन ३८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । पराजित भएको सेफिल्डभने सबैभन्दा पुच्छरमा १३ अङ्कका साथ रहेको छ ।

प्रिमियर लिगको २५ औँ चरणको खेल जारी रहँदा लिभरपुल ५७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थनमा रहेको आर्सनलको ५५ तथा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अङ्क रहेको छ ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid