sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१४
क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौँ । नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ लाई दुई विकेटले हराएको छ । जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो ।

नेपाल ‘ए’ का लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । कप्तान सन्दीप जोराले उत्कृष्ट अर्ध शतक बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले ६६ रन बनाए । उनले ७४ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काएका थिए ।

नियमित कप्तान विनोद भण्डारी मंगलबारको खेलमा अनुपस्थित रहेपछि सन्दीपले कप्तानको जिम्मेबारी पाएका हुन् । बसिर अहमदले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनी ५२ रनमा अविजित रहे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले ७३ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

टोलीका लागि रासिद खानले पनि उत्कृष्ट पाली खेले । उनले ४७ रन बनाए । रासिद खानले ५१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । कप्तान सन्दीप आउट भएपछि बसिर अहमद र रासिद खानले नै जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डो-याएका थिए ।

नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि ४० रनको योगदान गरेका थिए । उनले ५७ बलमा ६ चौका प्रहार गरे । अर्का ओपनर मयान यादब भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । किरण ठगुन्ना पनि १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रिजन ढकाल एक रनमा अविजित रहे । क्यानडा–११ का बलर अमर आलिद, साहिद अहमदजाई र निखिल दत्तले दुई–दुई विकेट लिए । साद जाफर र हर्ष ठाकेरले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि भ्रमणकारी टोली क्यानडा–११ लाई ओपनर ब्याट्सम्यान द्वय एरोन जोन्सन र श्रीमन्था विजयरत्नेले गतिलो सुरुआत दिलाएका थिए । उनीहरुले ६४ रनको साझेदारी गरे । एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए ।

चौथो नम्बरका ब्याट्सम्यान नवनित धालिवालले टोलीको खातामा ४६ रन थपे । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६० बलमा एक छक्का र ६ चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका श्रेयष मोभाले अर्ध शतक बनाए । उनले ६८ रन बटुले । मोभाले ८२ बलमा पाँच चौका हिर्काए ।

नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३८ रन खर्चिए । शेर मल्ल र रासिद खानले पनि दुई–दुई विकेट हात पारे । सागर ढकाल र बसिर अहमदले पनि एक–एक विकेट लिए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid