May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:४0
अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने

काठमाडौं । पछिल्लो समय विश्वभर एआई टूलको माग बढेको छ । च्याटजीपीटी सार्वजनिक भएयता एआईको प्रयोग अति नै बढेको छ । हिजोआज हर कोहीले एआई इमेज बनाउन चाहिरहेका छन् । च्याटजीपीटीकै पतिस्पर्धी टूल पनि लञ्च भइरहेका छन् । यी टूलको प्रयोग मानिसहरूले फरक फरक कामका लागि गरिरहेका छन् ।

नयाँ नयाँ एआई टूल बनाउने होड प्रविधि कम्पनीहरूमा चलिरहेको छ । आफ्ना सेवाहरूमा एआई फिचर थप्ने प्रतिस्पर्धा चुलिएको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ फिचर ल्याउन खोजेको छ । कम्पनीले ल्याउन लागेको यो फिचर एआई सपोर्टेड हुनेछ । यसपछि प्रयोगकर्ताहरूले व्हाट्सएपमै एआई फोटो बनाउन अनि एडिट गर्न सक्नेछन् ।

ह्वाट्सएपको यो नयाँ एआई फिचर यतिबेला बिटा भर्सनमा परीक्षण भइरहेको बताइएको छ । केही हप्ताभित्रै कम्पनीले यसको अपडेट जारी गर्न सक्नेछ । व्हाट्सएपका फिचरहरू ट्र्याक गर्ने विबेटाइन्फोले यो नयाँ फिचरबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार नयाँ फिचर एन्ड्रोइडको बिटा संस्करण २.२४.७.१३ मा परीक्षण भइरहेको छ ।

बिटा भर्जनमा एआई इमेज एडिट देखिएको छ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले एचडी आइकननजिक ब्याकड्रप रि–स्टाइल र एक्सप्यान्डजस्ता धेरै खाले एआई फिचर पाउनेछन् । फेसबुक, इन्स्टाग्रामलगायत आफ्ना सबै सामाजिक सञ्जालमा एआई टूलको प्रयोगप्रति मेटा गम्भीर रहँदै आएको छ ।एजेन्सी

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट