November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे

  • साझा परिवेश
  • बिहिबार, साउन १०, २०८१ १३:५८
दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न  क्यानडा लागे

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अल९राउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टि-२० का लागि हिजो राती प्रस्थान गरेका छन् । दुवैले दिल्लीबाट क्यानडाका लागि प्रस्थान गरेका हुन् ।

भिसा आउन समय लागेका कारण दीपेन्द्र शुक्रवार देखि सुरु हुने लिगका लागि ढिलो प्रस्थान गर्दै छन् । उनी यसपटक भ्यानकुभर क्नाइट्सबाट खेल्दैछन् । सोही टोलीमा लेग स्पिनर सन्दीप लामिछाने समेत रहेका छन् । सन्दीप भने क्यानडा पुगिसकेका छन् ।

यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल पनि बिहीबार नै क्यानडा प्रस्थान गर्नेछन् । भिसामा ढिलाइका कारण नै उनी पनि ढिलो जाने भएका हुन् ।

लिगको उद्घाटन खेलमा शुक्रवार बिहान टोरोन्टो र भ्यानकुभर भिड्ने तालिका रहेका छ । दीपेन्द्र र रोहितले पहिलो खेलमा उपस्थित हुने छैनन् ।

रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दैछन् । उनलाई टोरोन्टो नेशनल्सले अनुबन्ध गरेको छ । न्यूजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन समेत टोरोन्टोमा रहेका छन् ।

दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधि समेत जितेका थिए । उता विभिन्न फ्रेन्चाइज लिग हरुको अनुभव बोकिरहेका सन्दीपले पनि मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर यस लिग खेलिसकेका छन् । यस संस्करणको ग्लोबल टि९२० लिग जुलाई २६ देखि सुरु हुँदै छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन १०, २०८१ १३:५८

प्रतिक्रिया