March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२२
सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

काठमाडौँ । ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ ।

क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार भेनकुवरलाई बंगाल टाईगर्सले २२ रनले पराजित गर्‍यो । बंगालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।

भेनकुवरका लागि हर्ष ठाकरले सर्वाधिक अविजित ७९ रन बनाए । उनलेले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । डिवान प्रिटोरियसले २५ बलमा २९ रन बनाउँदा रिजा हेनरिक्सले १० रन जोडे।

नेपालका अलराउन्डर दीपेन्द्रले भने २ बलमा मात्र १ रन बनाए । सन्दीप २ रनमा अविजित रहे । बंगालका लागि कप्तान साकिब अल हसनले ३ तथा गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोडे ।

भेनकुवरका लागि सन्दीपले २ विकेट लिए । उनलेले ४ ओभरमा ३२ रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिएका थिए । लगातार दुई खेलमा पराजित भेनकुवर अङ्क बिहिन रहदै पाँचौ स्थानमा छ । एजेन्सी

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२२

प्रतिक्रिया

नेपाल अपडेट