May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

झापामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

  • साझा परिवेश
  • सोमवार, पुस ४, २०७९ १0:0१
झापामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

खगेन्द्र घिमिरे काठमाडौं

झापा हल्दिबारी गापा –१ गोलधाप स्थित चिल्डेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका शिक्षकबाट एक बिद्यार्थी निर्धात कुटिएका छन । शिक्षक द्वारा नाबालक माथि निर्मम यातना र कुटपिट गरिएको यो दृश्य हेनुस
कक्षा – ७ मा पढने १४ बर्षिय एक बिद्यार्थीलाइ सोहि बिध्यालयका शिक्षक मौषम पाण्डेले निर्घात कुटपिट गरेका हुन । शुक्रवार भएको घटना गुपचुपमा राख्न खोजिएको थियो । आइतबार अभिभावकले आवाज उठाएपछि गोलधाप प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएपछि बिद्यालयका प्रिन्सिपल प्रभात खरेलको रोहवरमा छाडिदिएको बुझिएको छ । आज सोमबार अभिभावक,पिडित,राजनैतिक दल प्रतिनिधि छलफलमा बस्ने वडा सदस्य प्रकाश कार्कीले बताए । कक्षा कोठामा होमर्वक नगरेको बिषयमा ति बिद्यार्थीलाई निर्मम यातना दिने गरि कुटेको स्रोत बताउँछ । बिद्यार्थी पौडेलको शरीरै भरी निल डाम रहेको छ ।
शिक्षकले लाठीले हानेकोे बताएका छन । बिद्यालयका प्रिन्सिपल प्रभात खरेल सँग पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठेन । संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ
तर, शिक्षकले यातना दिएको ३ दिन बितिसक्दा पनि पीडित परिवारले शिक्षिकविरुद्ध जाहेरी दिएका छैनन् । यस अघि पनि यो बिद्यालय बिबादमा आएको थियो । बिद्यालयमा कक्षा ७ मा अध्ययानरत एक बिद्यार्थी (छात्रा) माथि सोहि विद्यालयमा अध्यापन गराउने बिर्तामोड नगरपालीका १० निवासी अंग्रेजी र सामाजिक पढाउने श्री प्रसाद शिवाकोटी नाम रहेका शिक्षकबाट बालिका माथि भएका शारिरीक हिंसा तथा मानसिक याताना दिने खबर बाहिर आएको थियो ।
बिद्यार्थी कुट्ने शिक्षक बिरुद्ध जाहेरी परे कानुन अनुसार कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।

  • साझा परिवेश
  • सोमवार, पुस ४, २०७९ १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट