May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ १४:२४
यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !


खगेन्द्र घिमिरे 
काठमाडौं ।। झापाका बिभिन्न सिमा नाकाबाट नेपाललाइ ट्रान्जिट बनाएर कपाल तस्करी हुने गरेको रहस्य वाहिर आएको छ ।
भारतको तेलाङ्गाना, गुवाहाटी र कोलाकाता हुँदै ल्याएको कपाल पूर्वी नाकाबाट नेपाल ल्याएर चीन पठाउँने गरेको खुलसा भएको हो । झापाको गौरीगन्ज र पूर्वी नाका काँरभिट्टा हुदै यसरी तस्कर हरुले कपाल तस्करी गरिरहेका छन ।
गत साउन २६ सशस्त्र प्रहरीले गौरादह–७ स्थित गुवालडुब्बा बाट ३३ वटा पोकामा मान्छेको कपाल फेला परेको एउटा घटना थियो । सो कपाल राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । अर्को घटना माघ १९ मा पूर्वबाट पश्चिमतिर जाँदै गरेको एक रात्रि बसभित्र लुकाएको करिब २३ किलो कपाल सशस्त्र प्रहरीले नै बरामद गरेको थियो । झापाको चारआली नजिकको कालीझोडा क्षेत्रमा गरिएको जाँचका क्रममा कपाल फेला पारेको थियो । सो कपाल करिब १ लाख मूल्य कायम गरी मेची भन्सार कार्यालयमा दाखिला गरेको छ । काँकरभिट्टा सशस्त्र प्रहरीले समेत केही किलो कपाल बरामत गरेको छ तर नाका क्षेत्रबाट तस्करीले किन कसरी कपाल तस्कर गरिरहेको छ भन्ने बिषयमा नेपाल प्रहरी भने वेखवर छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल सँग बुझदा आफुहरु सँग यस बिषयमा जानकारी नभएको बताए । उनले आफु भखरै आएको हुँदा थप जानकारी लिने बताए । उता सशस्त्र प्रहरी झापाका प्रमुख एसपी देवराज अर्याल सँगले केही दिन अघि कपाल वरामत गरेको बताए । यसको गहिराइ सम्म पुग्ने गरी आफुहरु पनि अनुसन्धान गरिहरेको बताए ।
स्रोतका अनुसार भारतमा कपाल तस्करको गिरोह निक्कै ठुलो रहेको छ । जुन गिरोहले नेपालमा केही ब्यतिm परिचालन गरेको छ । नेपालमा भने पूर्वी नाकामा मेचे थरका तस्कर छन । उता गौरीगन्जमा लिम्बु थरका तस्कर रहेका छन । उनीहरुले नेपाल भित्राउँने बाटो देखि सबै मिलाउँने गरेको समाचार स्रोत बताउँछ । भारतमा प्रतिकिलो ५ डलरदेखि १ सय डलरसम्म मूल्य पर्ने गर्दछ ।
अन्तरदेशीय संगठित आपराधिक गिरोहले पछिल्लो समय नेपाललाई ‘ट्रान्जिट’ बनाएर मानिसका कपाल चीन तस्करी गर्दै आएको छ । खासमा गत वर्षर्को फागुनमा दक्षिण भारतको आन्ध्र प्रदेशबाट पूर्वोत्तर मिजोरम हुँदै म्यान्मारलाई ‘ट्रान्जिट’ बनाएर कपाल तस्करीको खुलासा भारतको राजस्व गुप्तचर निर्देशनालयले गरेको थियो । गुप्तचरको खुलासापछि प्रवर्तन निर्देशनालयले छापा मारी मिजोरम–म्यान्मारको सीमावर्ती सहर चम्पाईबाट करोडौं मूल्यको ६ हजार किलो कपाल बरामद गरिएको थियो । उक्त कपाल आन्ध्र प्रदेशमा संकलन गरी म्यान्मारको बाटो चीन तस्करी गर्न लागिएको थियो । चीनले कपालबाट नक्कली कपाल ‘बिग’ बनाएर विश्वभर बेच्ने गर्दछ । मिजोरम–म्यान्मारको रुटको ‘सेटिङ’ बिग्रिएपछि तस्कर गिरोहले आन्ध्र प्रदेशको तेलाङ्गानाबाट असमको राजधानी गुवाहाटी र पश्चिम बंगाल राजधानी कोलाकाता हुँदै कपाल पूर्वी नाकाबाट नेपाल तस्करी गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।

 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।