sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:३५
बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव

काठमाडौँ । गत मंसिरमा भएको चुनावमा बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गरेका छन्। मंसिरमा भएको निर्वाचनमा यादवले सप्तरी क्षेत्र नं २ बाट हारेका थिए।

उनै यादव सत्ता गठबन्धनको तर्फबाट बारा क्षेत्र नं २ को उम्मेदवार बन्न खोजेका छन्। उम्मेदवार बन्ने चर्चाबारे हामीले यादवसँग संक्षिप्त कुराकानी गरेका छौं।

बारा-२ मा तपाईं उम्मेदवार बन्ने चर्चा चलेको छ, तपाई आकांक्षी भएर हो कि चर्चा मात्रै हो?

अब स्वाभाविक छ नि। खाली भएपछि चर्चा चलिहाल्छ।

तपाईं उठ्ने तयारीमै हो?

व्यक्तिभन्दा पार्टीले गर्ने निर्णय हो। पार्टीले जे निर्णय गर्छ, गठबन्धनले जे निर्णय गर्छ त्यही हुन्छ।

पार्टी र गठबन्धनले निर्णय गरेपछि तपाईं उम्मेदवार बन्ने हो?

उहाँहरूले गरेपछि कुरा अघि बढ्छ।

अहिलेसम्म उम्मेदवार बन्ने मनस्थिति छैन?

अहिलेसम्म त्यो विषयमा केही भएको छैन।

यसको मतलब, पार्टी र गठबन्धनले चाहेमा तपाईं तयार हो?

हो।

तपाईं आफैं पार्टी अध्यक्ष हुनुहुन्छ, तपाईंले चाहेपछि स्वाभाविक उम्मेदवार होला नि?

मैले चाहनेभन्दा पनि पार्टीले चाहनुपर्‍यो अनि गठबन्धनले चाहनुपर्‍यो। त्यो कुरा ठूलो हो।

तपाईंको पार्टीका कतिपय नेताहरूले बारा-२ को उम्मेदवार तपाईं हो भनेर औपचारिक रूपमै भनिसकेका छन्?

जनताले नै डिमान्ड गरिरहेको छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid