May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब पनि नाघेन

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:३१
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब पनि नाघेन

काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ । २७.३१ अंकले बढेर बजार १८७१.३३ विन्दुमा उक्लियो । यो १.४८ प्रतिशतको वृद्धि हो । तर, मंगलबार कारोबार रकम भने १ अर्ब पनि नाघेन ।

कुल २६२ धितोपत्रको ३५ हजार २३७ वटा कारोबारबाट ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको भयो । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा बढी उत्पादन र प्रशोधनमा वृद्धि देखियो ।
मंगलबार कालिञ्चोक दर्शन प्रालि र आदर्श लघुवित्तको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । श्रृजनशील लघुवित्त, युनिक नेपाल लुघवित्त, छ्याङ्दी हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

सोमबारदेखि कारोबारमा आएको सानिमा मिडल तमोर हाइड्रोको मूल्य मंगलबार सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेर ३१३ रुपैयाँमा आयो ।
शिवम् सिमेन्ट, मिडल तमोर, प्रभु बैंक, हिमालयन डिष्ट्रिलरी, नविल बैंकसहितका कम्पनीको धेरैले कारोबार भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।