April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेप्सेमा दोहोरो अंकको वृद्धि

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:४४
नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ । १३ वैशाख बुधबारदेखि लगातार ५ दिन घटेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो । सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा बिहीबार निर्जीवन बीमा उपसूचक सर्वाधिक १.५५ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर र वित्त कम्पनी उपसूचक पनि १ प्रतिशत भन्दा माथिले बढेका छन् ।

नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि सुधारोन्मुख देखिएको छ । बुधबार ६१ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेर ७३ करोड २७ लाख पुगेको छ । २० हजार ६५५ वटा कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ । ४ करोड ५० लाखको नबिल बैंकको संस्थापक सेयर कारोबारले पनि बिहीबारको कारोबार रकम बढाएको हो । यस्तै शिवम् सिमेन्टका करिब २ करोड २२ लाखको करोबार हुँदा नबिल बैंकको साधारण सेयर १ करोड ९६ लाख र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । बिहीबार कारोबार भएकामध्ये एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ९.८६ प्रतिशतले वृद्धि हुँदा लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.१६ प्रतिशतले वृद्धि भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।