जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको विजुली एक घण्टापछि जोडिएको छ । विद्युत महसुस १ करोड २० लाख रुपैयाँ बाँकी नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले आज दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको थियो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख महिनाभित्र समाजिक विकास मन्त्रालयबाट अनुदानको २ करोड रुपैयाँ प्राप्त भएपछि महसुल तिर्ने लिखित प्रतिबद्धता गरेपछि लाइन जोडेको प्राधिकरणका प्रमुख लखन लाल मल्लिकले जानकारी दिए ।
प्रतिष्ठान अन्तर्गत रहेको अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । तिर्न पटक पटक मौखिक, लिखित पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले आज लाइन नै काटेको थियो।