May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर

‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४५
‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

काठमाडौं 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा राजनीतिक दलका उच्च नेता र कर्मचारी संलग्नता देखिएपछि नागरिकहरू भ्रष्टाचारविरुद्ध उत्रिने भएका छन्। राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्। एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् भने एमालेले अनुसन्धानमा सहयोग पुगोस् भनेर निलम्बनसमेत गरेको छ।

ठगी घटनामा प्रहरीले अनुसन्धान गरिरहेको समयमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन्। हिरासतमा रहेका पूर्वगृहमन्त्री खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेल्न खोजेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको छ। रकम फिर्ता दिने भन्दै खाणको प्रतिनिधि बनेर रामेछापका कांग्रेस नेता शेर्पा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए।

शनिबार दिउँसो नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’भन्दै प्रदर्शन गर्न लागिएको छ। ‘भ्रष्टाचारविरुद्ध एक हौँ’#weagaintcorruption को नारा तय भएको छ। विरोधमा पार्टीको झण्डा नबोकी दलका नेताहरुले पनि सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्।

नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई राष्ट्रद्रोह भएको टिप्पणी गरेका छन्। उनले शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाईमा भएको राष्ट्रद्रोह भएको स्पष्ट पारेका हुन् ।

रास्वपा सभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो।’भन्दै फेसबुकमा उनले थप लेखेका छन्, ‘त्यसैले म दलको नेता भएर होइन, सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदै छु। राम्रो काम जसले गरे पनि सघाउनुपर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झन्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनुहोला। भ्रष्टाचारविरुद्ध एक हौँ। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ।’

शनिबार बिहान ११ बजे माइतीघर मण्डलालगायत अन्य क्षेत्रमा पनि स्वस्फुर्त भ्रष्टाचारविरोधी कार्यक्रम तय छ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।