April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

नेपाल र भारतबीच ४ परियोजना २६ अर्ब लागतमा सम्झौता

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १५:५४
नेपाल र भारतबीच ४ परियोजना २६ अर्ब लागतमा सम्झौता

काठमाडौं । नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्न भएको सम्झौताले नेपालको इन्धन भण्डारणको क्षमता एक महिना बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको दोस्रो दिन बिहीबार नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार निर्माणका ४ परियोजना २६ अर्ब लागतमा ५ वर्ष भित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो ।

दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र दुई वटा इन्धन भण्डारण डिपो निर्माण सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी हरदीप सिंह पुरीले चार आयोजना विकास सम्बन्धी सम्झादारी साटासाट गरेका थिए । समझदारीअनुसार भारतले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्नेछ भने एउटा भण्डारण डिपोमा नेपालले ९ अर्ब रुपैयाँ लगानी गर्नु पर्नेछ ।

नेपाल आयल निगमकाअनुसार विस्तृत परियोजना विकास प्रतिवेदन तयार भइसकेको परियोजनाका बाँकी काम ६ महिना भित्रै सम्पन्न गर्ने र बाँकी ५४ महिनामा परियोजना विकास सम्पन्न गरेर सञ्चालनमा ल्याइने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘पेट्रोलियम पूर्वाधारको ४ परियाजना एकमुष्ट रुपमा निर्माणका लागि सम्झौता भएको छ,’ थानीले भने, ‘तीन परियोजनामा भारतले अनुदान दिन्छ भने एउटा भण्डारण डिपो नेपालले बनाउने हो । परियोजनाको फेज एउटै हुन्छ ।’

भारतको सिलिगुडी चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भारतको अनुदानमा हुनेछ भने चितवनको पेट्रोलियम भण्डारण डिपो नेपालको लगानीमा बन्ने छ । यो परियोजना सम्पन्न हुँदा हाल एक हप्ताको मात्रै रहेको मुलुकको इन्धन भण्डार क्षमता बढेर ३७ दिनको पुग्ने निगमको दाबी छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट