April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १२:0२
भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु
  • पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला लाग्ने 
  • नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाद्वारा जानकारी 
  • कोरोनाका कारण रोकिएको घरजग्गा मेलाको ऐले छुट्टै रौनक हुन सक्ने 

काठमाडौं ।। 

भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने उनको भनाइ छ । हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्कागाको कारोबारहरुबारे चासो राख्न सकिने उनले बताए ।

यस वर्ष दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको उनले बताए । कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको डेढ लाख मानिसहरुले अवलोकन गर्ने आयोजकका अपेक्षा छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।