May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो

पानी आएकोमा रोए हर्क कती धेरै हर्ष

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १७:१६
पानी आएकोमा रोए हर्क कती धेरै हर्ष

धरान ।।

  • ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइयो
  • पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन्
  • मेयर राईले भावुक हुँदै घर नजाने घोषणा गर्र्दै रातभरी पकुवा खोला किनारमा बसे
  • अब हाम्रो धरानमा खानेपानीको त्यति धेरै समस्या हुँदैन
  • पानी आएको उपलक्ष्यमा धरानमा उत्सव नै हुँदैछ

सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्यो ।  धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो ।

पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन् । पानी कुरेर जागराम बसेका मेयर साम्पाङ हातमा हथौडा बोकेर पाइपबाट झरेको पानी छेउमा उभिएर एक छिन रोए, अनि पानी हातले फिजाउँदै सबैतिर छर्के, आफ्नो शरिर भिजाए । त्यो देखेर पानी कुरेका धरानबासी पनि सँगै रोए, हल्ला गरे, नारा लगाए ।

‘दुई दिन देखि कोकाहको पानी नझारी घर नै नजाने भनेर मेयर साब २० नम्बर वडाको पकुवा नजिक खोला मै थिए, पानी झेरपछि मेयरले आँसु थाम्न सकेनन्, त्यो देखेर हामी सबै रायौं,’ मध्यरातमा पानी झरेको ठाउँमा पुगेका रसिक थेबे भन्छन् ।मेयर राईले भावुक हुँदै घर नजाने घोषणा गर्र्दै रातभरी पकुवा खोला किनारमा बसे । पानी झरेको हेर्न आउनेलाई उनले भने, ‘भोलि धरानमा उत्सव मनाउन आउनु होला, कोकाह खोलाको पानीले नुवाउनुपर्छ ।’

सँगै गएका सहयात्रीहरुका अनुसार मेयर निर्वाचित भएदेखि सबैभन्दा खुशी सोमबारराति नै देखिए । पानी झेर पछि धरानका उपप्रमुख अइन्द्र विक्रम बेघा पनि पकुवा पुगेका थिए । ‘हामीलाई कतिले फोक्कडमा दुख गरेको भन्दै आलोचना गरे, तर आज पानी ल्याउन सफल भएका छौं,’ मेयर राईको सामाजिक सञ्जालमा हालिएको भिडियोमा श्रम अभियान्ताहरुले भनेका छन् ।

साम्पाङ सँगै खानेपानी ल्याउने अभियानमा रहेर अहिले सचिवालय सदस्य रहेका थेबेका अनुसार विष्णुपादुकाको शीरबाट पहाड र भीरको बाटो पाइप उचाल्दै ९८ दिनमा पकुवामा खानेपानी झारिएको हो । ‘कोकाहको पानी पकुवामा साढे ५ मिटरको पाइपभरी ल्याइएको छ, अब ३ वटा ट्यांकीमा जम्मा गरेर वितरण गर्छौं ।’

थेबेका अनुसार कोकाहको पानी ल्याउन सरकारी पैसा खर्च भएको छैन । श्रमदाताहरुले आफैंले पैसा उठाएर, कतिपयले पाइपन नै किनेर खानेपानी ल्याएका हुन् । उनी भन्छन् ‘अब हाम्रो धरानमा खानेपानीको त्यति धेरै समस्या हुँदैन, पानी आएको उपलक्ष्यमा धरानमा उत्सव नै हुँदैछ, सबैजना कोकाहको पानीले नुवाउँदै छन् ।’

हर्क साम्पाङ राईले सुरु गरेको श्रम अभियानबाट कोकाहा भन्दा अगाडि पकुवा, सर्दु-खुर्द, निशाने खोला, तामाखान, भालु खोलाको मुहानमा ट्यांकी बनाएर पाइप जोडिएको छ । कतिपय मुहानमा केहि दिनअघि पानी सुकेर समस्या आए पनि अहिले फेरि विस्तारै पानी आउन थालेको थेबे बताउँछन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।