May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

न्यायालयमा न्यायको आन्दोलन

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १२:३६
न्यायालयमा न्यायको आन्दोलन
  • आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् ।
  • विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
  • धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

काठमाडौं ।।

आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।

१३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि ‘तपाईले जुन-जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा अपशब्द प्रयोग गरेर ‘तैले के गर्न सक्छेस् गर’ भन्दै हातपात गरेको जिल्ला अदालत ललितपुरका कर्मचारीहरुले जनाएका छन् ।

नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् । कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट