July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेची भन्सारबाटै करोड बढी राजश्व छल्ने योजना प्रहरीले बनायो विफल ,भन्सार एजेन्ट भित्र खैलाबैला

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० 0९:२१
मेची भन्सारबाटै करोड बढी राजश्व छल्ने योजना प्रहरीले बनायो विफल ,भन्सार एजेन्ट भित्र खैलाबैला

झापा ।  मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजना झापा प्रहरीले विफल बनाइदिएको छ।  राजश्व संकलनमा गिरावट आएको भन्दै सरकारले साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको छ।

सरकारको यो नियम पूर्वी नाका काँकडभिट्टामा पनि कडाइका साथ लागू भएपछि आम सर्वसाधारण जनता समस्यामा परिरहेको बेला मेची भन्सार कार्यालय परिसरबाटै जाँचपास भएर निस्किएको एक करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेपछि अहिले खैलाबैला नै मच्चिएको छ।

भन्सारबाट जाँचपास भएर निस्किएको एउटा कन्टेनरभित्र भन्सार तिरेको भन्दा बढीको सामान रहेको प्रहरीलाई सूचना आयो। घटना शुक्रबार साँझ ५ बजेर ५५ मिनेटको हो। त्यही समयमा भन्सारको दुई नम्बर गेटबाट ना ६ ख ४९०२ नम्बरको कन्टेनर बाहिर निस्कियो। कन्टेनर निस्किएपछि प्रहरीले त्यसलाई पच्छ्याउन थाले। भन्सारदेखि केही पर पुगेपछि चालकले कन्टेनरलाई मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैको सडक किनारमा पार्किङ गरी राखे। र, चालक एकाएक बेपत्ता भए।

प्रहरी टोली कन्टेनरको चालक आउँछ भनेर पर्खिबसे। दुई घण्टा बितिसक्दा पनि चालक नआएपछि त्यहाँका खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीलाई घटनास्थल बोलाए।

त्यसपछि डीएसपी भारतीको नेतृत्वमा कन्टेनरलाई राती ९ बजे नियन्त्रणमा लिएको जनाइएको छ। कन्टेनरको चालक बस्ने सिटमा प्रहरीले एउटा भन्सार प्रज्ञापन पत्र भेट्टाएको थियो। सो प्रज्ञापन पत्रमा स्वाभिमान सन्स् एन्ड सप्लायर्स कम्पनीको नाम उल्लेख छ।

सो प्रज्ञापन पत्रमा भन्सार एजेन्ट ढकेन्द्र कार्कीको नाम लेखिएको छ। स्वाभिमान सन्स् एन्ड सप्लायर्सले १५ ब्याग, २५ कार्टुन र ३० कार्टुन वस्तु भन्सार प्रज्ञापन पत्रमा लेखिएको प्रस्ट देखिन्छ। कन्टेनरभित्र १६५ कार्टुन र दुई हजार ४६५ केजी ब्याग फेला परेको छ।  ‘प्रहरीले कन्टेनर नियन्त्रणमा लिए पनि सामानको दाबी गर्न कोही सम्पर्कमा आएन,’ डीएसपी रिजालले भने, ‘कोही सम्पर्कमा नआएपछि शिलबन्दी बिनाको कन्टेनर शनिवार बिहान हामीले खोलेर चेकजाँच गरेऔँ।’

कन्टेनरमा ७२ हजार मूल्यको ६० कार्टुन कोको जिल, २० लाखको ८० कार्टुन हुक्कामा प्रयोग हुने अफजल फ्लेभर, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४६५ केजी काँसको झाम्टा र १२ हजार ५ सयको २५ कार्टुन लुगा धुने तेलीफोन साबुन थियो।

एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाईका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय बुझाइसकेको डीएसपी रिजालले बताए।

‘सो कन्टेनर भन्सारभित्रबाटै बाहिर आएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै डीएसपी रिजालले भने, ‘प्रज्ञापनपत्रमा लेखिएको भन्दा धेरै सामान फेला पारेऔँ, त्यो अवैध हो, कन्टेनर पनि शिलबन्दी थिएन, यस बारेमा थप अनुसन्धान गरिरहेका छौँ।’

व्यापारी स्रोतका अनुसार सो सामान धुलाबारीका व्यापारी पीयूषको रहेको बताए। भन्सारबाट सामान धुलाबारीसम्म पुर्‍याउने र त्यहाँबाट देशका विभिन्न बजारमा सप्लायर्स गर्ने व्यापारीको योजना थियो। व्यापारीले सो सामान भारतबाट आयात गरी भन्सारको गोदाममा ल्याएर राखेका थिए। एजेन्टमार्फत सेटिङ मिलाएर कम परिमाण देखाएर बढी परिमाणको सामान कन्टेनरमा हालेर लैजान खोज्दा प्रहरीले समात्यो।

यता मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार व्यापारीले एजेन्टमार्फत १ लाख ५६ हजार भन्सारमा राजश्व तिरेर शुक्रबार बेलुका सो सामानमा कन्टेनरमा हालेर लगेको बताए। ‘कन्टेनरभित्र के कस्तो सामान थियो, त्यो हामीलाई थाहा छैन,’ उनले भने, ‘भन्सारले हुक्कामा प्रयोग हुन फेलेभर, काँसको झाम्टा लगायतको सामान राजश्व तिरेरै पठाएको हो।’ ‘काँकडभिट्टाकै स्थानीय व्यापारीको सामान भएकोले कन्टेनर शिलबन्दी गर्नुपर्दैन र गरिँदैन पनि,’ उनले भने, ‘काँकडभिट्टा भन्दा बाहिरका कन्टेनरको हकमा मात्र शिलबन्दी गरी पठाइन्छ।’ प्रहरीले समातेको कन्टेनर ट्रान्सपोर्टको रहेको बुझिएको छ। त्यस बारेमा प्रहरीले अनुसन्धान गर्दै होलान्। तर, भन्सारबाट गल्ती नभएको उनको भनाइ छ।

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट