May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भगवती हाइड्रोपावरको आईपीओ खुल्यो

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १३:१0
भगवती हाइड्रोपावरको आईपीओ खुल्यो
  • भगवती हाइड्रोपावरको आईपीओ खुल्यो 
  • ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन भर्न मिल्ने 
  • आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाइयो 

काठमाडौं ।।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ  अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशतले हुने १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ बराबरको १४ लाख हजार १६२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर अयोजना प्रभावित कास्कीका स्थानीयलाई निष्कासन गरिसकेको छ । कम्पनीले स्थानीयलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँ प्रतिकित्ताको आईपीओ निष्कासन खुला गरेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।