sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलीदेखि तीन दिनसम्म विद्युत आपूर्ति अवरुद्ध

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:५0
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलीदेखि तीन दिनसम्म विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । काठमाडौ र ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी टेकु–स्युचाटार ६६ केभी प्रसारण लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार भदौ २९ गते शुक्रबार बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन,ताहाचल,चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक,बागमती, रिङ रोड भैसेँपाटी र टेकु सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

यस्तै,रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ । यस्तै,भदौ ३० गते शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार पाटन प्रसारण लाइन सटडाउन हुनेछ ।

यस अन्तर्गत पर्ने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रमा पर्ने फिडरहर प्रभावित हुने र विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । भदौ ३० गते शनिबार नै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार केभि प्रसारण लाइन अन्तर्गतका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति प्रभावित रोक्ने प्रयास गर्ने समेत जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid